जापानको यान चन्द्रमामा अवतरण, केही घण्टा निष्क्रिय हुनसक्ने

टोकियो - जापानले चन्द्रमाको भूमध्य भागमा आफ्नो यान सफलतापूर्वक अवतरण गरेको छ । यससँगै चन्द्रमाको यस भागमा पुग्ने दौडमा जापान पाँचौं भएको छ । तर अवतरण गरिएको यानमा समस्या देखिएपछि इन्जिनियरहरु यस मिसनलाई बचाउनमा लागेका छन् ।

यानको सोलर प्रविधिले बिजुली उत्पादन गर्न नसकेको र उक्त समस्या समाधान गर्न नसके केही घण्टामा यानको काम बन्द हुने अधिकारीले बताएका छन् । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन स्लिम नामक यस यानलाई जापानी अन्तरिक्ष एजेन्सी जाक्साले उडाएको हो ।



स्लिमले अहिले चन्द्रमाबाट डाटा पठाइरहेका कारण यस अवतरणलाई सफल भएको भन्न सकिने जाक्साका अधिकारीले बताएका छन् । सोलर सेलहरुको कोण नमिलेका कारण सूर्यको किरणको उपयोग गर्न नसकेको हुन सक्ने आशंक जाक्साका वैज्ञानिकले गरेका छन् ।

स्लिममा इन्फारेड क्यामेरा जडित दुई साना रोभर राखिएको छ जसले चन्द्रमा पुगेको दुई सातामा चन्द्रमाको भूविज्ञानको सुचना पठाउने योजना थियो । चन्द्रमा पुग्ने भएका अहिलेसम्मका सबै राष्ट्रका प्रयासमध्ये आधा मात्रै सफल भएका छन् । यसअघि जाक्साले दुईपटक क्षुद्रग्रहमा आफ्ना यान अवतरण सफलतापूर्वक गराएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics