वन प्राविधिक संघको निर्वाचन चैत २४ मा, यस्तो छ संघीयता अनुसारको निर्वाचन समिति

काठमाडौं – नेपाल वन प्राविधिक संघले संघीयता अनुकुल आफ्नो संरचना विस्तार गर्न प्रत्येक प्रदेश र केन्द्रमा निर्वाचन गर्ने भएको छ । जसका लागि प्रदेश र केन्द्रीय कार्य समितका पदाधिकारीहरू चयनसमेत गरेको एक सूचना जारी गर्दै संघले जानकारी दिएको छ ।

सार्वजनिक सूचनामा भनिएको छ, ‘२०८० मंसिर ८ को साधारणसभाको निर्णयानुसार नेपाल वन प्राविधक संघको विधान २०३१ (तेस्रो संसोधन २०८०) अनुसार आगामी वर्ष ०८१–८३ को कार्यकालका लागि संघीयता अनुकुल हुने गरी प्रदेश र केन्द्रीय कार्य समितका पदाधिकारीहरू चयन गर्न मिति २०८० चैत्र २४ गते शनिवार निर्वाचन गर्ने र प्रदेशका राजधानीहरू र एनएफएको केन्द्रिय कार्यालय बबरमहलसहित ८ स्थानमा मतदानस्थल रहने निर्णय गरिएको छ ।’

सो साधारणसभाले पदाधिकारी चयन गर्न प्रत्येक प्रदेश र केन्द्रमा पनि निर्वाचन समिति गठन गर्ने निर्णय भएको अध्यक्ष डा. किरण पौडेलले जानकारी दिए । संघका अनुसार केन्द्रिय निर्वाचन समितिको संयोजकमा अरुण शर्मा पौडेल रहेका छन् भने सदस्यमा गोविन्दराज पाण्डेय र विन्दा देवी बस्नेत जोशी रहेका छन् ।

यस्तै केन्द्रीय निर्वाचन समितिको मातहत र निर्देशनमा काम गर्ने गरी प्रदेशमा पनि निर्वाचन सहजिकरण समिति गठन गरिएको छ । जसको नामावली यस्तो छ ।

कोशी प्रदेश
संयोजक– डा. इन्द्र सापकोटा
सदस्य– अन्जना पुरी
सदस्य– शुशान्त पोखरेल

मधेस प्रदेश
संयोजक–सुनिल कर्ण
सदस्य– अञ्जना कायस्थ
सदस्य– राजिव कुमार झा

बागमती प्रदेश
संयोजक–दिवाकर मास्के
सदस्य– कृष्ण बहादुर थापा
सदस्य– श्रृजना गुरुङ्ग

गण्डकी प्रदेश
संयोजक–रामकाजी श्रेष्ठ
सदस्य– घनेन्द्र खनाल
सदस्य– निर्मलाराज भण्डारी

लुम्बिनि प्रदेश
संयोजक– दधिताल कँडेल
सदस्य– कृष्ण पौडेल
सदस्य– शशि श्रेष्ठ

कर्णाली प्रदेश
संयोजक–बसन्त बाबु श्रेष्ठ
सदस्य– भरत बुढाथापा मगर
सदस्य– रेणुका न्यौपाने

सुदर पश्चिम प्रदेश
संयोजक–भरत भट्ट
सदस्य– भरत कुमार श्रेष्ठ
सदस्य– राधिका बोहरा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics