बर्दियामा उपचारत घाइते बाघिनीको मृत्यु

बर्दिया — बर्दियाबाट नियन्त्रणमा लिएको घाइते बाघिनीको मृत्यु भएको छ । पोथी पाटे बघिनीसँग जुद्धा घाइते भएकी बाघिनीलाई गत कार्तिक २७ गते नियन्त्रणमा लिइएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्मापुरको खोरमा राखिएको करिब १२ वर्षकी बघिनीको उपचार गराइरहेको अवस्थामा शुक्रबार मृत्यु भएको हो ।

चार वटा डमरु जन्माएकी पोथी पाटे बघिनीसँग आपसमा जुद्धा घाइते भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले बताए ।

‘घाइते पोथी पाटे बाघलाई नियन्त्रणमा लिई उपचार गराउँदै आएका थियौं,’ उनले भने, ‘शुक्रबार मृत्यु भएको बाघिनीको शनिबार निकुञ्ज परिसरमा पुरिएको (दाहसंस्कार) गरिएको छ ।’

बर्दिया निकुञ्जमा हाल ठाकुरद्धारामा दुई र रम्मापुरमा तीन वटा समस्याग्रस्त बाघ खोरमा रहेका छन् । पछिल्लो गणनाअनुसार बर्दियामा १ सय २५ वटा बाघ रहेको निकुञ्जले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics