पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हटेन हुस्सु

काठमाडौं - देशको तराई क्षेत्रका धेरै स्थानमा अहिले हुस्सु/कुहिरो लागेको छ । पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली, बाँकी भू-भागमा आंशिक बदली रहे पनि मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics