चिसो बढेपछि विद्यालय बिदा

नवलपरासी - अत्यधिक हुस्सुका कारण चिसो बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले तीन दिन पालिकाभित्रका विद्यालयमा बिदा दिएको छ ।

एक साताभन्दा बढी समयदेखि बाक्लो हुस्सु र शीतलहर चलेपछि माघ ७ देखि ९ गतेसम्म पालिकाभित्रका सामुदायिक, सस्थागत र धार्मिक विद्यालयमा बिदा दिइएको हो ।

गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले सूचना जारी गर्दै जाडोबाट बच्न र बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न आग्रह गरिएको छ ।

यसैगरी बर्दघाट नगरपालिकाले पनि तीन दिन जाडो बिदा दिएको छ । माघ ७, ८ र ९ गतेसम्म नगरभित्रका सबै शैक्षिक संस्थामा बिदा दिएको हो ।

रामग्राम नगरपालिकाभित्रका संस्थागत विद्यालय माघ ७ र ८ गते जाडो बिदा दिइएको छ । दिनभरि हुस्सु लाग्ने र जाडो अत्यधिक बढेपछि रामग्राम प्याब्सनले नगरभित्रका विद्यालयमा बिदा दिएको हो ।

एक सातभन्दा बढी समयदेखि लागेको अत्याधिक हुस्सुको कारण जाडो बढेपछि जनजीवन प्रभावित बनेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics