तस्करले थापेको पासोमा परी बाघको मृत्यु
- नेचर खबर

कैलाली – कैलालीको अमरावती सामुदायिक वनमा तस्करले थापेको पासोमा परेर एक पाटे बाघिनीको मृत्यु भएको हो । यो सामुदायिक वन जानकी गाउँपालिका – ९ मा पर्छ ।
सव–डिभिजन वन कार्यालय लम्कीका रामबहादुर रावलका अनुसार उक्त वनमा सिकारीले पासो थापेको हुनसक्ने र त्यहीँ पासोमा परेर पाटे बाघिनीको मृत्यु भएको हो । मृतक बाघिनी बयस्क रहेको उनको भनाई छ ।
आइतबार स्थानीयले बाघ पासोमा परेको जानकारी दिएपछि घटनास्थलमा पुगेर मुचुल्का तयार पारीएको छ । पासो थाप्नेको विषयमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुर नेचर खबरलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस