पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

काठमाडौं – अदालतले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले भरत मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।

आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ । पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर नियुक्ति खारेज गरिएको पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिएका छन् ।

गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुन २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics