वन र कृषिमासहित बागमतीमा पटक ११ सयभन्दा बढी कर्मचारी माग

    90808   

हेटौँडा – बागमती प्रदेशको लोक सेवा आयोगले वन र कृषिमासहित अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कर्मचारी माग गरेको छ । वन र भू–संरक्षण क्षेत्रमा मात्रै करिब २ सयको हाराहारीमा कर्मचारी माग गरिएको छ ।

बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी मागसहित विज्ञापन भएको हो ।

प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।

आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले नेपालको लोक सेवा आयोगकै इतिहासमा सर्वाधिक संख्यामा रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन माग गरिएको जानकारी दिए ।

उनले यति धेरै संख्यामा लोक सेवा आयोगले पहिलो पटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरेको बताए । प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको छ ।

हेर्नुहोस विज्ञापन :

प्रतिक्रिया दिनुहोस

web
analytics