चिसो बढ्दा तराईमा हुस्सु, हिमालमा हल्का हिमपात

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्चपहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics