वन, वनस्पति, जीव वा वातावरण विज्ञानका विद्यार्थीलाई अवसर

    69762   

काठमाडाैं – पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशले वन विषयका विद्यार्थीका लागि विषेश अवसर ल्याएको छ ।

मन्त्रालयको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत स्नातक, स्नातकोत्तर र विधावारिधी तहमा अध्ययनरत विद्यार्थीहरुलाई शोधवृति वितरण गर्ने सम्वन्धमा यस मन्त्रालयको कर्यक्षेत्र भित्र पर्ने वन, वनस्पति, जीव वा वातावरण विज्ञान विषय लिइ स्नातक तह चौथो, स्नातकोत्तर तह दोस्रो वर्ष र विद्यावारिधी तहमा अध्ययनरत भइ शोध अनुसन्धानका लागि यस प्रदेशको कुनैपनि जिल्ला वा क्षेत्र छनौट गरेको विद्यार्थीलाई शोधवृति प्रदान गरिने भएकोले यो सूचना प्रकाशित गरिएको छ ।

यस सम्वन्धी थप जानकारीका लागि मन्त्रालयको Website: https://motfe.koshi.gov.np वा मन्त्रालयको जैविक विविधता शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics