पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा अझै हुस्सु

काठमाडौं - नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली तथा मधेश प्रदेशका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics