चुरे क्षेत्रमा कसले काट्यो खयरको काँचो रूख ?

रौतहट – रौतहटको क्षेत्रमा पर्ने चुरेको वनबाट बहुमूल्य जातका खयरका रूखहरू काटिएका छन् ।

चन्द्रपुर नगरपालिका – २ मा पर्ने महादेव डाँडामा एक दर्जन बढी संख्यामा बहुमूल्य जातका खयरका रुख काटिएको भेटिएको हो । यो डिभिजन वन कार्यालय चन्द्रनिगापुर रौतहटको क्षेत्रमा पर्छ ।

जुडिबेला सव डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने महादेव डाँडाको वनमा बहुमूल्य जातका खयरका रुख काटिँदा समेत वन कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले आरोप लगाए ।

चुरेको डाँडामा खयरका रुख काटेर विभिन्न साइजका गोलिया बनाई अग्लो पहाडबाट खोलामा झारी त्यहाँबाट काठ तस्करले लैजाने गरेको स्थानीयको भनाइ छ ।

जुडिबेला सब वन डिभिजन कार्यालयका प्रमुख सुरेशकुमार महतोले आफूलाई धेरै रुख काटिएको बारेमा जानकारी नभएको बताएका छन् ।

सो स्थानमा कर्मचारी पठाएको र त्यहाँ गएका वन कर्मचारीले एक दुईवटा खयरका रुख काटिएको बताएपछि आफूले सोही आधारमा प्रतिवेदन बनाएर डिभिजन वन कार्यालय रौतहटमा पठाउने तयारी गरेको सहायक वन अधिकृत महतोको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics