कालिञ्चोकमा पुनः हिमपात, पर्यटक कुर्दै व्यवसायी
- नेचर खबर

दोलखा- दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चाेकमा पुनः यस वर्षको दोस्रो पटक बाक्लो हिमपात भएको छ।
गत मंगलबार परेको हिमपात बिलाउन नपाउँदै पुनः बुधबार राति अबेरसम्म हिमपात भएको स्थानीय त्रिपुरा रिसोर्ट कालिञ्चाेकका सञ्चालक चन्द्रकुमार लामाले बताए ।
तीन हजार आठ सय ४२ मीटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्ष ढिलो गरी हिमपात भएको हो ।
मंगलबार परेको हिउँ पग्लिएर सकिन लाग्दा पुनः बिहीबार बाक्लो हिउँ झरेकोले छिमेकी देशका पर्यटक बढ्न सक्ने उनले बताए ।
अघिल्लो पटक परेको हिउँ बिलाएर आउन नपाएका भारत र बङ्गलादेशका पर्यटक यस पटकको हिउँ केहि दिन रहने हुँदा कालिञ्चाेक आउन सक्ने उनले बताए ।
अघिल्लो साताको हिमपात पछि कालिञ्चाेकमा १५ हजार भन्दा धेरैले भ्रमण गरेका थिए।
प्रतिक्रिया दिनुहोस