मौसमको नयाँ प्रणाली भित्रँदै, यस्तो पार्नेछ प्रभाव

काठमाडौं – अन्य दिनको तुलनामा देशभर विहीबार चिसो बढ्यो । तराईमा हुस्सु हटेन, पहाडमा सिरेटो चल्यो र हिमालमा हिउँको छर्रा झ¥यो । तर, यसै समय मौसमविद् भन्छन्, ‘अब नयाँ प्रणाली नेपालमा भित्रँदै छ जसका कारण हुस्सु हटेर मौसममा परिवर्तन आउनेछ ।

पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । तर त्यो बादलले पानी पार्ने सम्भावना भने नरहेको बताइन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

विहीबार राती समममा नै पश्चिमी वायुको अर्को एउटा प्रणाली भित्रिंदै छ । जनवरी २७ तारिख (शनिबार)मा पनि अर्को प्रणाली भित्रिँदै छ । ती प्रणालीमा पानीको मात्रा नभएकाले वर्षाको सम्भावना तत्काल देखिएको छैन ।

तर ती बादलको प्रभावले हुस्सु कुहिरो छिटो फाट्न मद्दत गर्ने मौसमविद पुडासैनी बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयता तराई मधेशका जिल्लामा बिहानपख बाक्लो हुस्सु कुहिरो लाग्ने लाग्दै आएको छ ।

नेपालमा हिउँदयाम सकिनै लाग्दा समेत पानी परेको छैन । हाल नेपाल भित्रिएको पश्चिमी वायुको प्रणालीमा पानीको मात्रा कम भएकाले वर्षा नभएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics