स्वयम्भू क्षेत्रबाट सय जनाले संकलन गरे ६१ टन फोहोर

काठमाडौं – काठमाडौं महानगरपालिकाले स्वयम्भू क्षेत्रबाट ६१ टन फोहोर संकलन गरेको छ ।

सहरी स्वच्छताका लागि विशेष सरसफाइ कार्यक्रम अन्तर्गत सो फोहोर संकलन गरिएको महानगरले जनाएको छ ।

स्वयम्भू परिक्रमा मार्ग, सिँढी, जंगल र स्तूप क्षेत्रको सरसफाइबाट ६१ टन फोहोर संकलन भएको महानगरको भनाई छ ।

२१ मंसिरेदेखि सो क्षेत्रको सरसफाइका लागि १ सय जना जनशक्ति परिचालन गरिएको थियो ।

सफाइका क्रममा प्लास्टिक, कपडा, बोतल, सिसा, रुखका पात लगायत संकलन भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics