‘अफ्रिकन स्वाइन फिवर’ विरुद्धको खोप नेपालमै सफल परीक्षण

काठमाडौं - सुँगुर तथा बंगुरमा लाग्ने 'अफ्रिकन स्वाइन फिवर' विरुद्धको खोपको नेपालमै सफल परीक्षण भएको छ । भियतनाममा बनेको खोप ल्याएर सरकारले बागमती प्रदेशका विभिन्न फार्मका संक्रमित सुँगुर तथा बंगुरमा लगाएको थियो ।

खोप लगाएपछि संक्रमित पशुमा एन्टिबडी विकास भएको पशुसेवा विभागका अधिकारीको दाबी छ ।

गत वर्षदेखि महामारीकै रुप लिएको अफ्रिकन स्वाइन फिवर रोगको नियन्त्रणमा खोप उपयोगी हुने देखिएको छ । अब यो खोप निजी क्षेत्रले नै ल्याउन पाउने गरी कानुनी व्यवस्था गर्न लागिएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताएका छन् ।

अफ्रिकन स्वाइन फिवरविरुद्धको खोप भियतनाम बाहेक अन्य देशले विकास गर्न सकेका छैनन् । २०७९ साल वैशाखमा काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरमा उच्च मृत्युदर देखिएपछि जेठ २ गते परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवरको संक्रमण देखिएको थियो । अहिले नेपालका ४० जिल्लामा यसको संक्रमण फैलिएको विभागले जनाएको छ । यसको संक्रमणबाट करिव ८० हजार सुँगुर-बंगुर मरेको विभागको अनुमान छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics