अछाममा जंगली जनावरको तस्करी मौलाएको हो ?

अछाम – अछाममा जंगली जनावर र हाडखोरको तस्करी मौलाएको छ । पछिल्लो समय बिहीबार पनि छाला, सिङ र भरूवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेपछि तस्करीको रूप खुलेको हो ।

पक्राउ पर्नेमा जिल्लाको मंगलसेन नगरपालिका–१२ ठाँटीखाँद बस्ने टंकबहादुर शाही रहेका छन् ।

शाहीले जंगली जनावरको शिकार गर्ने र घरमानै ल्याएर लुकाउने गरेको प्रहरीको अनुसनधानबाट खुलेको छ ।

प्रहरीले गोप्य सूचनाका आधारमा घरमा छापामार्दा जंगली जनवारको छाला, सिङ तथा अवैध भरूवा बन्दुक पनि फेला परेको छ ।

घटना बारे थप अनुसन्थान भइरहेको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics