तराईका अधिकांश स्थानमा हुस्सु, हिमाली भू-भागमा हिमपातको सम्भावना
- नेचर खबर

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी भू-भागमा यतिबेला आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा नै रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस