देशभर चिसो बढ्दा विपन्न र मजदुरकाे दैनिकी कष्टकर

काठमाडौं - देशभर पछिल्ला केही दिनयता चिसो बढेको छ । काठमाडौमा पनि तापक्रम पाँच डिग्रीभन्दा तल झरेको छ ।

सप्तरी, सिरहा र धनुषासहित तराई मधेशका जिल्लामा बढेको चिसोले जनजीवन प्रभावित भएको छ । खासगरी चिसोले विपन्न र मजदुर वर्गको दैनिकी थप कष्टकर बनेको छ ।

पश्चिमबाट चल्ने सिरेटो र बाक्लो हुस्सुले तराई मधेसका जिल्लाको जनजीवन प्रभावित बनेको हो । खासगरी बिहान र बेलुकी चल्ने शीतलहरले विद्यालय जाने बालबालिका तथा ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोले काम रोकिँदा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन पनि सकस भइरहेको छ ।

यस्तै चिसोका कारण सप्तरीका अस्पतालमा बिरामी बढ्दै गएका छन् । प्रभावितलाई चिसोबाट जोगाउन स्थानीय प्रशासन र पालिकाहरूले अहिलेसम्म कुनै प्रयास गरेका छैनन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics