श्रीलङ्कामा हात्तीको मृत्युदर किन बढ्यो ?

कोलम्बो - श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दै गएकाे विज्ञहरुले बताएका छन् ।

श्रीलङ्कामा मानिसको घर वरपर नरिवल, आँप र केराको रुख हुने हुँदा जङ्गलबाट हात्ती बस्तीमा आएर धेरै दु:ख दिने गरेको छ ।

घना जङ्गलभन्दा सयौँ मिटरको दूरीमा रहेको घर वरपर रहेका यस्ता फल हात्तीलाई मनपर्ने भएकाले बस्तीमा हात्ती पसेको विज्ञहरुले बताएका छन् ।

विशेषगरी श्रीलङ्काको कुरुनेगालामा मानव र हात्तीबीचको द्वन्द्व बढ्दो क्रममा रहेको बीबीसीले जनाएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार बितेका दुई वर्षमा श्रीलङ्कामा हात्तीको आक्रमणमा परेर झण्डै दुई सय जना मारिएका छन् भने झण्डै ४ सय ७० वटा हात्ती मारिएका छन् ।

औसतमा हेर्ने हो भने बर्सेनि हरेक दिन एकभन्दा बढी हात्ती मर्ने गरेको देखिएको छ ।

पछिल्लो २ वर्षमा हरेक वर्ष ४०० भन्दा बढी हात्ती मरेका छन्। यही दरमा हात्ती मरिरहे श्रीलङ्कामा हात्तीको मृत्युदर ७० प्रतिशतसम्म पुग्न सक्ने अनुमान छ । - एजेन्सी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics