ललितपुरमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’, सचेत रहन आग्रह
- नेचर खबर

काठमाडौं - ललितपुर महानगरपालिकाले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको भन्दै महानगरभरिका किसानलाई सचेत गराएको छ ।
बिहीबार एक सूचना जारी गर्दै महानगरले ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको’ जनाएको छ ।
‘ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा पालिएका बङ्गुर र सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउनु हुन तथा देहायका उपाय अवलम्बन गर्न हुन पशु सेवा शाखा हार्दिक अनुरोध गर्दछ ।’ महानगरले किसानलाई फर्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न भनेको छ ।
यस्तै बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर फर्मालिन लगायत उपाय प्रयोग गरी निःसंक्रमण गर्न पनि भनेको छ ।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया दिनुहोस