नदीलाई पनि मान्छेकै जस्तो अधिकार



विश्वमै पहिलोपटक न्यूजील्याण्डको नदीले मान्छेको जस्तै कानुनी अधिकार पाएको छ । स्थानीय ह्वांगानुइको मायोरी ट्रिबले एकसय ४० वर्ष लामो बहस र छलफलपछि मान्छेको जस्तै कानुनी अधिकार पाउन सफल भएको हो । यो अधिकार पाएपछि नदीलाई मान्छेको अधिकार झै व्यवहार र सम्मान गर्नुपर्छ ।

न्यूजील्याण्डको तेसो ठूलो नदीका रुपमा रहेको यो नदीलाई कानुनी रुपमा मान्छेको जस्तै अधिकार दिइएपछि सयौं स्थानीयले खुसीयाली मनाएका थिए । सयौं प्रतिनिधीले नदीले पनि आफूजस्तै अधिकार प्राप्त गरेकोमा खुसीले आंशुसमेत झारेका थिए । ‘नदीलाई हाम्रो पुस्ता मान्छौं र सधै नै मान्नेछौं । ’ अभियानको नेतृत्वकर्ता गेरेअर्द अल्वर्टले भने ।

उनले भने , “नदी जीवित छ भन्ने हाम्रो बुझाई र दुष्टीकोण अरुले पनि बुझुन भनेर कानुनी रुपमा हामीले मुद्दा अघि सारेका थियौं । सय वर्ष अगाडीको जस्तो नदी स्वामित्व र व्यवस्थापन भन्दा पनि अब फरक तरिकाले नदीलाई बुझ्न जरुरी छ । ” अब नदीको नयाँ पहिचान हुनेछ । नदीको दुरुपयोग र हानी गर्नु भन्दा पनि नदी र आफू बिच मानिसले फरक महसुस नहोस् भन्ने बिचार स्थानीयको छ ।

मन्त्री क्रिस फिनाएनसनका अनुसार, नदीको यो मुद्दा न्यूजील्याण्डमा इतिहासको नै सबैभन्दा लामो समय चलिरहेको मुद्दा थियो । उनले भने, “यसले विश्वमा नै एउटा इतिहास रचेको छ । यो नदीको कानुनी अधिकार , कर्तव्य र दायित्वको आफ्नो छुट्टै हुनेछ । ” नदीले कानुनी पहिचान पाउनु भनेको विश्वको लागि एउटा फरक पहिचान हो । यो नदी रेखदेखको लागि व्यक्तिसमेत खटाइएको छ ।
अल्बर्टले भने , “हामी ब्रहमाण्डम हिमाल, नदी र समुन्द्रलाई पृथ्वीको एउटै भागमा बुुझछौं र उनीहरु पनि हामी जस्तै नै बराबर हो । ”
मानिसले आफूलाई प्रकृतिकको मालिक भन्दा पनि प्रकृतिलाई हाम्रो भाग हो भन्ने सम्झनु पर्ने अल्वर्टको भनाई छ । नदीको प्रयोग गर्ने त हो तर यसलाई पनि जीवित प्राणीको रुपमा सबैले बुझनुपर्ने अभियानकर्मीको बुझाई छ ।

The Guardian बाट

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics