सिमसारको महत्व बुझाउन कार्यक्रम
- नेचर खबर
पोखरा – स्थानीयमा सिमसारको महत्त्व र यसको संरक्षणका लागि सचेतना फैलाउने उदेश्यले यस वर्ष पनि पोखरामा ‘सिमसार संरक्षण कार्यक्रम’ आयोजना गरिएको छ ।
वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा रहेको हरित सस्था (एलुमुनि एसोसिएसन फर कन्जरभेसन एन्ड डेभलपमेन्ट) ले विश्व सिमसार दिवस २०८० को अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको प्रमुख आथित्यता विहिबार कार्यक्रम भएको सघंका अध्यक्ष धिराजन परियारले बताए । हरेक वर्ष फेब्रुअरी २ मा यो दिवस मनाउने गरिन्छ । यो वर्ष भने बाके जिल्ला अवस्थित सुतौया (कन्वा) तालमा विभिन्न कार्यक्रमहरु गरि सोही दिन पनि मनाइएको परियारको भनाई छ ।
‘सिमसार–मानव हितको आधार’ भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा फेब्रुअरी २ मा यो दिवस मनाइएको र उक्त दिवस लाई मध्यनजर गर्दै बैजनाथ गाउँपालिका – ३ अवस्थित सुतौया (कन्वा) तालको दीगो विकास, संरक्षण र व्यवस्थापनका लागि बाके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यलय बाके, बैजनाथ गाउँलिका बाके, देउराली जन आश्रीत मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह तथा अन्य संघ–सस्थाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सिमसार संरक्षण कार्यक्रममा सिमसार सम्बन्धि प्रदर्शनी, स्थानीय थारु समुदायको सिमसार सँग जोडिएका कुराहरू (माछा मार्ने जाल, ढडिया, हेल्का डिलिया), साथै स्थानीय थारु नाच, सिङगारु नाच, देउरा नाच प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका भित्रका १५ भन्दा बढी विद्यलयबाट दुई सय भन्दा बढी विद्यार्थीहरूको उस्थिति रहेको थियो भने स्थानीयसहित तीन सय जना को उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस