भारतमा किसान किन आए सडकमा ?

नयाँ दिल्ली - भारतमा किसानहरु फेरि आन्दोलित बनेका छन् । बालीको मुल्य सुनिश्चित हुनुपर्ने माग गर्दै हजारौं किसानले राजधानी नयाँ दिल्लीमा प्रदर्शन गरेका छन् । हरियाणा, पञ्जाब लगायत राज्यका किसान दिल्ली पुग्ने क्रम जारी छ । प्रदर्शनमा उत्रिएका किसानमाथि प्रहरीले हरियाणा र पञ्जाब राज्यको सीमामा अश्रुग्यास प्रहार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

किसानहरूले आफ्ना मुख्य माग पूरा नभएसम्म दिल्लीमा आन्दोलन जारी राख्ने बताएका छन् । यसअघि सन् २०२० मा विवादस्पद कृषि कानून संशोधनको माग गर्दै दिल्लीसंग जोड्ने राष्ट्रिय राजमार्ग अवरुद्ध गर्दै किसानले आन्दोलन गरेका थिए । झण्डै एक वर्ष लामो आन्दोलनमा दर्जनौं किसानले ज्यान गुमाएका थिए । यसअघि भएको घटना पुनरावृत्तिबाट बच्नका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

किसानको आन्दोलनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ । अहिले पनि किसान संघका नेता र संघीय मन्त्रीबीच विभिन्न चरणमा वार्ता भएपनि गतिरोध अन्त्य हुन सकेको छैन । किसानले उत्पादन गरेको बालीको न्युनतम समर्थन मूल्य तोक्न सरकारलाई दबाब समेत दिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics