गुलाफ एक : रंग-रंगले अर्थ अनेक

काठमाडौं - आज भ्यालेन्टाइन डे । १४ फेब्रुअरीका दिन भ्यालेन्टान्स डे अर्थात् प्रणय दिवस मनाइन्छ । यस दिन मायालु जोडीहरुले एकअर्कालाई गुलावको फूल दिएर भ्यालेन्टाइन डेको शुभकामना आदानप्रदान गर्दछन् । यसका साथै एकअर्का संग विशेष डेट र मन परेका ब्यक्तिलाई प्रेम प्रस्ताव समेत राख्ने चलन छ ।

यस अवधिमा नजिकको व्यक्तिलाई गुलाफको फूल उपहारमा दिने प्रचलन छ । विशेषत: मायालु जोडि एकअर्कालाई रातो गुलाफ दिएर प्रेम दर्शाउने गर्दछन् । रातो गुलाफलाई प्रेमको प्रतिक मानिन्छ । यसका अलावा अन्य रंगका गुलाफले पनि आआफ्नै अर्थ बोकेका हुन्छन् । यस्तोमा कुन रंगको गुलाफको अर्थ के हुन्छ त्यसबारे जानिराख्नु उपयुक्त हुन्छ ।

रातो गुलाफ : प्रेमको प्रतिक

रातो गुलाफ प्रेमको प्रतिकको रुपमा मानिन्छ । प्रेम दर्शाउन सबैभन्दा बढि रातो रंगको गुलाफ दिने चलन छ । यदि कसैले तपाईलाई रातो गुलाफ दियो भने यसले उ तपाईलाई प्रेम गर्छ भन्ने दर्शाउछ । यस्तोमा गुलाफ लिनु उसको प्रेम स्विकारेको अर्थ लाग्ने गर्दछ ।

गुलाबी गुलाफ : मित्रता र मुटुको प्रतिक

गुलाफी गुलाफ मुटुको धड्कनको प्रतिक हो । यदि तपाईंलाई कसैले गुलाबी गुलाफ दियो भने यसको अर्थ ती व्यक्तिका लागी तपाई मुटुको धड्कन बराबरको हुनुहुन्छ भन्ने जनाउछ । यसका साथै गुलाबी रगंको गुलाफले सुन्दरता जनाउछ ।

पहेँलो गुलाफ : मित्रताको प्रतिक

पहेँलो गुलाफ मित्रताको प्रतिक हो । यो गुलाफ विशेषत: मित्रता गास्न वा मित्रता बिच आएको फाटो कम गर्न दिइने गरीन्छ । पहेँलो गुलाफ जसलाई पनि दिन सकिन्छ । यसले प्रेम वा अरु कुनै नकारात्मक भाव झल्काउदैन । यो स्वच्छ मित्रताको प्रतिक हो ।

सेतो गुलाफ : सत्य र शान्तिको प्रतिक

सेतो गुलाफ साचो प्रेम र स्वच्छ हृदयको प्रतिक हो । यसले कसैले गरेको चोखो र साचोँ माया जनाउछ । यसका साथै सेतो गुलाफ सत्य, शान्तिका रुपमा मानिन्छ । सेतो रगं आफैमा शुद्ध, सरलता र शान्तिको प्रतिक हो ।

कालो गुलाफ : बिदाईको प्रतिक

कालो गुलाफ बिदाई, बिछोड वा माया मरेको प्रतिक हो । यदि कसैले कालो रगंको गुलाफ दियो भने उसले तपाईलाई छाड्न चाहेको, माया मारेको वा तपाईबाट टाढा हुन खोजेको दर्शाउछ । कालो रंग आफैमा नकारात्मक वा विरोधको रंगको रुपमा मानिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics