सौर्य ऊर्जासँग गरिने पीपीएको सीमा बढ्यो

काठमाडौं – सौर्य जलविद्युत आयोजनासँग गरिने पीपीएको सीमा बढेको छ । सौर्य आयोजनाहरूको पीपीए प्रतिस्पर्धाबाट गर्दै आएको नेपाल विद्युत प्राधिकरणले यसको सीमा बढाएको हो ।

हाल कायम रहेको जडित क्षमता र पीपीए भइसकेका आयोजनाहरुलाईसमेत समावेश गर्दा हुने राष्ट्रिय ग्रिडको कुल क्षमताको १० प्रतिशतसम्मको सीमामा रहेर अब प्रतिश्पर्धाका आधारमा सौर्य ऊर्जाको पीपीए हुनेछ ।

यसअघि राष्ट्रिय ग्रिडको जडित क्षमताको १० प्रतिशतसम्ममा सीमामा रहेर सौर्य आयोजनाहरूको पीपीए हुँदै आएको थियो । सौर्य आयोजनाको विद्युत् प्रतिश्पर्धाबाट खरिद गर्न प्रति युनिट ५ रुपैयाँ ९४ पैसा अधिकतम आधार दर तय गरिएको छ ।

प्रतिश्पर्धामा उक्त दरभन्दा जसले कम कबोल गर्छ त्यही आयोजनासँग पीपीए गरिने कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यसबाट सबस्टेसन वरिपरी रहेका जग्गाको पनि प्रयोग हुने उनको भनाई छ ।

प्राधिकरणले प्रतिश्पर्धाबाट हालसम्म १७५ मेगावाटको पीपीए गरेको छ । त्यसमध्ये १०६ मेगावाट सञ्चालनमा आएका छन् । थप ३० मेगावाटका सौर्य आयोजनाहरु पीपीए गर्ने प्रक्रियामा रहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics