चितुवाको आक्रमणमा २ घाइते, चितुवाको पनि ‘मृत्यु’
- नेचर खबर

मकवानपुर – मकवानपुरको थाहा नगरपालिकामा चितुवाको आक्रमणमा परी दुई जना घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ । थाहा नगरपालिका – २ अँगारेटोलमा उक्त घटना भएको हो ।
बुधबार राति स्थानीय ६६ का हेमन्तप्रसाद ढकाल र उनकी श्रीमती ६० वर्षीया साबित्री ढकाललाई चितुवाले आक्रमण गरेको थियो । ढकाल कुकुर साथमा लिएर घरबाहिर निस्किएका थिए । चितुवाले कुकुरलाई आक्रमण गरेको र कुकुर जोगाउने क्रममा आफुहरूमाथि चितुवाले आक्रमण गरेको घाइतेको भनाई छ ।
चितुवालाई स्थानीयले समेत प्रतिकार गर्न थालेपछि चितुवा भाग्ने क्रममा नजिक रहेको पुड्खेल खोलाको ग्याविन वालमा ठोकिएर सेप्टी ट्यांकीमा खस्दा उक्त चितुवा मरेको घाइते र स्थानीयको भनाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भएको छ । हेमन्तप्रसादको शरीरको विभिन्न भागमा चोट लागेको र साबित्रीको दाहिने हातको कुहिनामा चोट लागेको छ ।
मृत चितुवाको व्यवस्थापनका लागि सव डिभिजन वन कार्यालय पालुङ मकवानपुरका वन कर्मचारीहरुले आवश्यक कानुनी प्रक्रिया सुरु गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस