ताप्लेजुङ सदरमुकाम नजिकैको जंगलमा आगलागी, निभाउने प्रयास जारी

सांकेतिक फोटो

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम नजिकैको जंगलमा आगलागी भएको छ । फुङ्लिङ नगरपालिका स्थित ऐस्वर्य चौक नजिकैको जंगलमा आगलागी भएकाले निभाउने प्रयास भइरहेको बताइएको छ ।

केही समय अघिबाट आगलागी भएकाले स्थानीय र सुरक्षाकर्मी आगो नियन्त्रणको प्रयासमाा लागेका छन् । जंगल नजिकै रहेका केही घर पनि आगलागीको उच्च जोखिममा छन् । विस्तृत विवरण आउन बाँकी छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics