जलवायु परिवर्तन : असर बढ्दै, चासो कम

तस्बिर - नेपाल न्यूज बैंक

काठमाडौं - कार्बन उत्सर्जनले नेपालजस्ता हिमाली मुलुक अति प्रभावित भए पनि त्यसबारे विश्वव्यापी रुपमा पर्याप्त आवाज उठाउन नसकिएको जलवायुविद्ले बताएका छन् ।

काठमाडौंमा भइरहेको ‘विश्व सामाजिक मञ्च’ को १६औं सम्मेलनमा समूहगत छलफलमा विभिन्न मुलुकबाट आएका वक्ताले जलवायु परिवर्तन सबैको सरोकार भएको तर चासो कम दिएको टिप्पणी गरे ।

सम्मेलनमा हिजाे लैंगिक हिंसाको चुनौती, जलवायु परिवर्तनले आदिवासी जनजातिमा परेको प्रभाव, सामाजिक सुरक्षालगायतका विषयमा विभिन्न सत्रहरु सञ्चालन भए ।

सामाजिक तथा जलवायु न्याय, मानवअधिकार, र दिगो शान्तिका लागि दबाब दिने उद्देश्यले काठमाडौंमा जारी सम्मेलनमा मुख्य १३ विधामा केन्द्रित ४०२ वटा विषयमा छलफल केन्द्रित छ ।

अर्को विश्व सम्भव छ भन्ने नाराका साथ सुरु भएको पाँचदिने सम्मेलनमा नेपालसहित विश्वका ९२ देशका अभियन्ता र प्रतिनिधि सहभागी छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics