जब चितवनका किसानले सडकमा दूध पोखे…

चितवन- सरकारले भुक्तानी नदिएको भन्दै चितवनका किसानहरु सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । चितवन दुग्ध उत्पादक सहकारीहरुले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेतिथिको विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।

किसानहरुले सडकमा दूध पोख्नुका साथै किसानको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र पनि बुझाएका छन् । उक्त अवसरमा सरकारले आफूहरुको आन्दोलनलाई बेवास्ता गरे अझ सशक्त आन्दोलन गर्ने अध्यक्ष बगालले बताए ।

किसानहरुले उत्पादन गरेको दूध बिक्रीको व्यवस्था र किसानले भुक्तनी पाउनुपर्ने माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

चितवनका किसानहरुले साउन महिना देखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् । त्यस्तै, ५ दिनदेखि दूध बिक्री नभएको उनीहरुको भनाइ छ । चितवनवाट दैनिक १ लाख ५१ हजार लिटर दूध बिक्री हुँदै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics