बाँदरबाट बाली जोगाउन ‘भालु’लाई जागिर !

काठमाडाैं - बाँदरलगायतका जंगली जनावरले खेतबारीको बालीनाली खाएर धेरै किसानहरू समस्यामा पर्दछन् हाम्रो देशमा पनि । बाँदरबाट बालीलाई जोगाउनका लागि अनेक उपाय अपनाइन्छ । कतिपय यस्ता उपायहरू प्रभावकारी पनि हुन्छन् । भारतको तेलंगानाका किसानले आफ्नो खेतबारीमा लगाएको बालीनालीको सुरक्षाका लागि ‘भालु’लाई खटाएका छन् ।

वास्तवमा किसानहरूले खेतबारीको बाली बाँदरलगायका जन्तुबाट जोगाउनका लागि एकजना मानिसलाई ड्युटीमा खटाएका छन् । ती व्यक्तिचाहिं भालुजस्तै देखिन पहिरन लगाएर खेतबारीको गस्ती गरिरहन्छन् । भालुले खेतबारीको गस्ती गरिरहेको एक भिडियो सोसल मिडियामा चर्चित बनेको छ। उक्त भिडियोका अनुसार तेलंगानाको सिद्धिपेट जिल्लाका किसान बाँदर तथा बँदेलको आतंकबाट निकै पीडित छन् । उनीहरूको बालीनालीमा बाँदर तथा बँदेलले ठूलो क्षति पुर्‍याइदिने गरेको छ जसले उनीहरूलाई धेरै नोक्सानी हुने गरेको छ ।


बाली खाइदिने बाँदर तथा बँदेल धपाउन आफैं खेतबारीमा दिनभर बस्न पनि नभ्याउने भएपछि स्थानीय भास्कर रेड्डी नामका किसानले गज्जबको आइडिया निकाले । उनले आफ्नो बालीनालीको हेरचाह गर्नका लागि भालु पहिरनमा एकजना व्यक्तिलाई खटाए । ती व्यक्तिलाई उनले दैनिक ५०० भारु ज्याला पनि दिएका छन् । भालुको पहिरनमा मानिस खटाएसँगै उनको बालीमा बाँदर तथा बँदेल छिर्ने आँट गरेका छैनन् । उक्त भालुलाई टाढैबाट देख्दा नै बाँदर तथा बँदेल डराएर भाग्ने गरेका छन् । - एजेन्सीकाे सहयाेगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics