फेरी अर्को गैंडा पनि मर्यो

चितवन राष्ट्रिय निकुन्जको जर्नेली घाट नजिक एक गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन निकुन्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार दुई गैडा आपसमा जुध्दा १२ बर्षकाे भाले गैडा मरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
निकुञ्‍जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर म.न.पा. वडा नं. १३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्र राप्ति नदीको पश्चिम किनार तर्फको जर्नेली घाटमा साे एक सिंगे गैंडा प्राकृतिक कारणबाट मृत्यु भएको उनले बताए । याे सहित चालु आर्थिक बर्षमा १३ वटा गैडा विभिन्न कारणले मरेका छन् । नेपाल भरि सन् २०२१ काे गणना अनुसार ७ सय ५२ र चितवनमा ६ सय ९४ वटा गैंडा रहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics