ताप्लेजुङमा हुने प्राकृतिक प्रकोप राेक्न सरकार गम्भिर बनोस् : सांसद थेबे

काठमाडौं – नेकपा एमालेकी सांसद् उर्मिला थेबेले अब आउन लागेको वर्षात्को समयमा ताप्लेजुङका नागरिकले अघिल्लो वर्षको जस्तो क्षति भोग्नु नपरोस् भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ताप्लेजुङले यस अघि पनि बाढी पहिरोबाट ठूलो क्षति बेहोरेकाले यसपटक समयमा नै सरकारको ध्यानाकर्षण गराएकाले रोकथाममा लाग्न आग्रह गरिन् ।

‘ताप्लेजुङ प्राकृतिक रूपमा बाढी–पहिरोको उच्च जोखिममा पर्ने जिल्ला हो । अघिल्लो वर्ष पनि धेरै क्षति बेहोरेको छ । आगामि वर्ष त्यस्तो हुनबाट जोगाउन सरकारको म ध्यानाकर्षण गर्दछु,’ उनले भनिन् ।

उनले जिल्लाका जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न र क्षति कम गर्न पनि सरकारसँग माग गरिन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics