दूध किसानको रकम भुक्तानी गर्न पठाएको निर्देशन खै ? : सांसद राणा

काठमाडौं – नेपाली काङ्ग्रेसकी सांसद डा.आरजू राणाले दूध किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले कृषि समितिले सरकारलाई दूध किसानहरूको रकम भुक्तानी गर्न निर्देशन पठाएको कहाँ पुग्यो भन्दै सरकारसँग प्रश्न गरिन् ।

उनले बजेटमाथि छलफल गर्नुअघि बजेट कार्यान्वयनको विषयमा कसरी लाग्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् । बजेट आफ्नो क्षेत्रमा लान भन्दा पनि अघिल्लो वर्ष गएको बजेट खर्च गर्नतिर ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics