मिस वर्ल्डका सुन्दरी ‘बाघ बचाऔं’ अभियानका दूत नियुक्त

काठमाडौं - भारतमा जारी मिस वर्ल्डमा प्रतिस्पर्धा गरिरहेकी प्रियंकारानी जोशी बाघ संरक्षणका लागि ग्लोबल एम्बासडर घोषित भएकी छन् । मिस वर्ल्डको एक विधा मल्टिमिडिया च्यालेन्ज अन्तर्गत अब उनले ‘बाघ बचाऔं’ भन्ने अभियान पनि चलाउनुपर्नेछ ।

नयाँ दिल्लीमा आयोजित समारोहमा प्रियंकासहित मिस वर्ल्डका सुन्दरीलाई ‘सेभ द टाइगर’को सद्भावना दूतको रुपमा घोषणा गरियो । प्रियंकाले ‘सेभ द टाइगर’ लेखिएको टिसर्ट पनि पहिरिएकी थिइन् ।

मिस वर्ल्डका सुन्दरीलाई यो वातावरणीय अभियानमा जोड्ने काम चाहिं महाराष्ट्र सरकारको वन, सांस्कृतिक मामिला र मत्स्य पालनमन्त्री सुधीर मुनगंटीवारले गरेका हुन् । उनले प्रियंकासहितका प्रतियोगीलाई बाघको मूर्ति पनि हस्तान्तरण गरे ।

उक्त अवसरमा मन्त्री मुनगंटीवारले मिस वर्ल्डका प्रतिस्पर्धी सुन्दरीहरुलाई आफ्ना सामाजिक सञ्जालका पेजबाट बाघ संरक्षणको सन्देशबारे कन्टेन्ट पोस्ट गर्न समेत आग्रह गरेका छन् । मिस वर्ल्डको प्रमुखमध्येको एक विधा मल्टिमिडियाको उपाधि एकपटक नेपालले जितेको छ । नेपाल यो विधाको दाबेदार समेत हो ।

आफ्नो सामाजिक सञ्जाल पृष्ठमा लाइक, कमेन्ट, शेयर र भ्यूज बढी प्राप्त गर्ने प्रतिस्पर्धी सुन्दरीले मल्टिमिडिया उपाधि जित्छन् । यसका लागि मवस्टार एप डाउनलोड गर्नुपर्ने हुन्छ । फिनालेका लागि मिस वर्ल्डका प्रतिस्पर्धी दिल्लीबाट मुम्बई प्रस्थान गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics