निसानामा पर्न थाले बाघ, एक महिनामा ३ वटा मारिए

नवलपुर – पछिल्लो समय नवलपुरमा वयस्क बाघ मृत फेला पर्ने क्रम बढेको छ । पछिल्लो फागुन महिनामा मात्रै दुई वटा बाघ मृत फेला परेपछि संरक्षणकर्मी चिन्तित छन् । अधिकारीका अनुसार मृत फेला परेका बाघ सिकारीले मारेको हुनसक्छ ।

फागुन ४ गते मध्यपुर नगरपालिका – १० मा मृत फेला परेको बाघले विषादी सेवन गरेको प्रारम्भिक निष्कर्ष छ भने १४ गते माटोमुनि गाडिएको अवस्थामा फेला परेको हो । तर, हालसम्म पनि यो घटनामा संलग्न पत्ता लाग्न सकेका छैनन् ।

राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षको आठ महिनामा कति बाघ कालगति र कति शिकारीले मारे अभिलेख कसैसँग छैन । डिभिजन वन कार्यालयहरुले न तथ्यांक सरकारलाई उपलब्ध गराउने गरेका छन् न त सरकारले नै माग्ने गरेको छ ।



राष्ट्रिय निकुञ्ज क्षेत्रमा भने यसबीचमा ४ बाघ मृत फेला परेकामा २ वटा मात्रै कालगतिले मरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अम्बिकाप्रसाद खतिवडाको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भने चोरी–सिकारी बढेको स्वीकारेको छ । उसले ९० प्रतिशत चोरी–सिकारी थाहै नहुने जनाएको छ ।

त्यसअघि ६ माघमा कैलालीको जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पासो लगाएर बाघ मारिएको थियो । उक्त बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट सामुदायिक वनमा गएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले कैलाली र नवलपरासीमा बाघ मारिएका घटनाबारे सूक्ष्म अध्ययन भइरहेको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics