नेपालबाट विदेशमा किन बेचिन्छन् वन्यजन्तु ?

विश्व वन्यजन्तु दिवस विषेश

काठमाडौं – नेपालमा वन्यजन्तु संरक्षणका लागि सरकारले प्रत्येक वर्ष विभिन्न कार्यक्रम नै बनाउँछ । मन्त्रालय र विभिन्न सरकारी निकायको क्षेत्राधिकार नै तोकेर वन्यजन्तु संरक्षणका प्रयास भइरहेका छन् । तर, किन अझै वन्यजन्तुको तस्करी र हत्या रोकिँदैन ? प्रश्न पुरानै छ । विज्ञहरू नै भन्छन्, ‘राज्यले सकारात्मक पहल थाले पनि ती सुखद र पर्याप्त छैनन् ।’

विशेषगरी वन्यजन्तु अपराधको सन्दर्भमा कानुनहरू कार्यान्वयन नहुनु र साना स्तनधारी वन्यजन्तुको आवश्यकताबारे उचित विमर्श र जानकारी नहुनुले विभिन्न चुनौतीहरू खडा गरेको विज्ञहरूको बुझाई छ ।

आफ्नो धारणा प्रस्तुत गरेका अधिकांश जानकारले नेपालमा ‘बाघ र गैँडाजस्ता जनावरबारे पर्याप्त चर्चा र काम भए पनि साना स्तनधारी जनावरहरूको संरक्षण बेवास्ता गरिएको’ टिप्पणी गरेका छन् । वन्यजन्तुबारे बहस हुँदा बाघ, हात्ती र गैंडाको चार्चा बढी हुन्छ । तर, अन्तर्राष्ट्रिय स्तरमा अवैध व्यापार भइरहेका स–साना वन्यजन्तुको बेवास्ता गरिँदा यो समस्या बढेको विभिन्न अध्ययनले पनि पुष्टि गरेका छन् ।

विश्वमै संवेदनशील, लोपोन्मुख तथा संकटापन्न अवस्थामा रहेका भनिएको वन्यजन्तुहरू नेपालका केही निश्चित क्षेत्रमा मात्र पाइन्छ । तिनीहरूको संरक्षण र संख्या वृद्धिमा अझै महत्वपूर्ण काम हुन सकेका छैनन् ।

विज्ञहरूका अनुसार मकवानपुर, धादिङ, सिन्धुली, सुर्खेत, इलाम, ताप्लेजुङलगायत ठाउँमा पाइने सालक लजालु र प्रतिकार गर्न नसक्ने जन्तुमा पर्छन् । पछिल्लो समय संख्यात्मक हिसाबमा धेरै कम नभए पनि यसको बढ्दो अवैध व्यापारका कारण यसको संरक्षणमा चुनौती बढेको छ । यो भुईँ वर्गको जनावर भएकाले कोमल प्रकृतिको हुन्छ र प्रतिकार गर्न सक्दैनन् । त्यसैले मानिसहरूले सहजै मारिरहेका छन् ।

कतिपयले सालक माछा ठानेर मार्ने गरेको पनि बताइन्छ । कतिले चीन र भियतनामलगायत देशमा यसलाई पु¥याएका छन् । त्यसैले हाम्रा जंलमा हिजो प्रशस्त भएका सालक आज सकिँदै गएका छन् । सालक तामे र कालो रंगका हुन्छन् । यसको शरीरको तल्लो भागमा मात्र छाला हुन्छ र माथिल्लो भागमा कत्ला हुन्छ ।

मानिसहरू ५÷६ हजार रुपियाँको लागि सालक सिकार गरेको अवस्थामा पनि पक्राउ परेका उदाहरण प्रहरीसँग छ । राष्ट्रिय निकुञ्ज ऐनमा यसको अंग ओसारपसार गरे १५ वर्षसम्म जेल सजाय वा ५ देखि १० लाख जरिवानाको व्यवस्था छ । तर, पनि यसको सिकार नियन्त्रण भएको छैन । यो पछिल्लो समय सबैभन्दा बढी तस्करी हुने साना जनावरमा पर्दै आएको छ । मासु, औषधिजन्य प्रयोजन र धार्मिक कार्यको लागि नेपालबाट चरा, सालक, खरायो लगायतको व्यापार विभिन्न देशमा हुने गरेको पाइन्छ ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics