मनसुन सक्रिय, सबैभन्दा बढी जुम्लामा २७.८ मिलिमिटर वर्षा

काठमाडौं – आइतबारबाट प्रिमनसुन सुरु भएसँगै देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा विहानैबाट पानी परेको थियो भने, दिउँसो मेघगर्जनसहित केही वर्षा भएको हो ।

आइतबारबाट मुलुकभरका ६१ वटा मानव सञ्चालित केन्द्रहरूमा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरण अनुसार ४१ वटा केन्द्रमा वर्षा भएको विभागले जनाएको छ ।

उक्त केन्द्रहरू मध्ये सबै भन्दा बढी वर्षा जुम्लामा भएको छ । आइतबार जुम्लामा २७.८ मिलिमिटर वर्षा भएको छ । विभागको वर्षा मापन गरिएका केन्द्रहरू मध्ये १८ वटा केन्द्रहरुमा १० मिलिमिटर भन्दा बढी र एक केन्द्रमा २५ मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics