बारामा पुनः पाटेबाघ मृत फेला, दुई वर्षयता ५ वयस्क बाघ मरे

बारा - बाराको निजगढ नगरपालिका ४ स्थित कछडिया सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको छ ।

मंगलबार बिहान स्थानीय बासिन्दाले मरेको बाघ देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । चार-पाँच दिनअघि नै मरेको जस्तो देखिने उक्त पोथी बाघ करिब आठ वर्षको रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रनजिकै मृत फेला परेको बाघलाई कसैले विष दिएर मारेको हुनसक्ने आंशकामा बाघको शव परीक्षण गरी छानबिन गरिने डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले जनाए ।

योसँगै पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गएको दुई वर्षयता ५ वटा वयस्क बाघ मरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics