टेलिकमले घटायो डाटा रोमिङ शुल्क

काठमाडौं– नेपाल टेलिकमले विदेशमा आफ्ना सिम प्रयोगकर्ताका लागि सस्तो दरमा डाटा रोमिङ सेवा घटाएको छ । विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताले सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरूसँग सम्झौता गरी शुल्क घटाएको हो ।

टेलिकमका अनुसार अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरूले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरूको नेटवर्कमा आबद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा सेवा उपलब्ध हुनेछ ।

अब नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

त्यसै गरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने छ ।

रोमिङ सेवा र यसको महसुलदर बारेमा विस्तृत विवरण एनटीसीको वेबसाइटमा उपलब्ध रहेको टेलिकमले जनाएको छ । र डाटा रोमिङ सुविधा प्रयोग गर्न ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्ने टेलिकमले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics