गत फेब्रुअरी अहिलेसम्मकै तातो महिना

काठमाडौँ - युरोपियन युनियनको मौसम सेवाले गत फेब्रुअरी आधुनिक समयको सबैभन्दा तातो फेब्रुअरी महिना बनेको जानकारी दिएको छ । वैश्विक तापक्रमले नयाँ रेकर्ड बनाएको लगातार नवौँ महिना थियो ।

सन् २०२३ को जुन महिनादेखि तापक्रमको विषयमा हरेक महिनाले नयाँ कीर्तिमान बनाइरहेको छ । समुद्रको सतहको तापक्रम अहिलेसम्मकै उच्च छ भने एन्टार्टिक सागरमा बरफको तह अहिलेसम्म न्यून स्तरमा पुगेको हो ।

प्रशान्त क्षेत्रको एल निनो मौसमी प्रक्रियाले तापक्रम बढ्दो क्रममा रहेको छ । यद्यपि, मानव निर्मित कारणले पनि तापक्रम वृद्धि भइरहेको विज्ञहरूको भनाई छ ।

औद्योगिकीकरण सुरु भए अघिको तुलनामा गत फेब्रुअरी महिना १.७७ डिग्री सेल्सियसले तातो थियो । यसअघि सन् २०१६ मा कायम गरिएको रेकर्डभन्दा यो ०.१२ डिग्री सेल्सियसले बढी हो । पश्चिम अस्ट्रेलिया, दक्षिण पूर्वी एसिया, दक्षिण अफ्रिका र दक्षिण अमेरिकामा अत्यधिक रूपमा तापक्रम वृद्धि देखिएको छ । -बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics