प्रणाम प्रकृति

विशेष सम्पादकीय

अल्वर्ट आइन्सटाइन लेख्छन् – ‘प्रकृतिलाई गहिरोसँग हेर्नुहोस्, तपाईंले सबै रहस्य सहज रूपले थाहा पाउनु हुन्छ ।’ हो, प्रकृति रहस्यमय छ । विश्व ब्रह्माण्डमा रहेका प्राकृतिक सिर्जनाहरू चकित पार्ने खालका छन् । र, बुझ्न खोज्नेका लागि अथाह ज्ञान यहीँ छ । रमाउन चाहनेका लागि हिमालका चुचुरादेखि तराईका फराकिला काख छन् । जीवनदेखि मृत्युसम्म साथ दिने प्रकृतिको महिमा शब्दमा अटाउनै सकिन्न । व्याख्या गरेर मिनेट वा घण्टाले पुग्दैन ।


‘प्रकृतिमा आनन्दले रामाउन पाए ?’ यो वाक्य धेरैले सोच्ने र लेख्नेमा पर्छ । प्रकृति भन्नसाथ सबैको दिमाखमा झट्ट आउने दृश्य नै जल, जंगल, स्वच्छ हावा, मनोरम स्थान, उकालो, ओरालो आदी नै हुन् । यिनैमा जीवको जीवन जोडिएको हुन्छ । कृतिम भन्दा प्राकृतिक सुन्दरतामा पृथ्वीका जीवलाई आनन्द मिल्छ । प्रकृति सबैको घर हो । र, यसको व्यवहार सबैलाई उस्तै नै हुन्छ । मानिस हन् या जीव–जन्तु उनीहरूका लागि जिउने नियम प्रकृतिले नै बनाइदिएको छ । श्रम गर्ने दिनको समय र आराम गर्ने रातको समय प्राकृतिक नियम नै हो । हामी यो नियम भन्दा बाहिर पुग्यौ भने त्यसलाई प्रकृतिले नै व्यवस्थापन गर्छ । त्यसैले भनिन्छ, ‘प्रकृतिको नियम भन्दा फरक जीवन असम्भव छ ।’



विश्वका अन्य मुलुकका सरकारको ध्यान जलवायु परिवर्तनको असर न्यूनिकरण तर्फ जाँदा नेपाल भने राजनीति किचलोमा गिजोलिएको छ । प्रकृति मैत्री नीति र योजनामा ध्यान छैन । सत्तामा पुग्नेमा कुर्सी मोह नघट्दा नेपालमा जलवायु परिवर्तनको असर बढ्दै छ । नागरिकलाई यस विषयमा बुझाउने कस्लै ? सरकारलाई सचेत गराउने कस्ले ? प्रश्नका संख्या बढीरहेका छन् । विषय केन्द्रित बहस, समाचार र प्रचार कम छन् । त्यसकै आवश्यकताले बिज रोपिएर हुर्कँदै गएको छ नेचरखबर डट कम । अब यसले प्राकृतिक विपत् रोक्ने विषयमा सरकारलाई अझै झकझक्याउने छ र नागरिकलाई प्रकृति र वातावरणका विषयमा सुसूचित गर्ने छ ।

पछिल्लो समय हामी ‘विज्ञानको चमत्कार’ भन्छौं । रोबर्टको कामलाई विज्ञानको छलाङ् मान्छौं । सडक र सवारीलाई विकास ठान्छौं । जंगल मासेर सहर स्थापना गर्नेलाई इतिहास कोर्यो भन्छौं । प्रकृतिमा रमाउने जीवनलाई पिँजडामा थुनेर र मानिससँग खेल्न लगाएर मनोरञ्जन गर्छौँ । नदी र समुद्रमा पौडने माछालाई एक्वेरियममा कोच्दै नजिकैको कुर्सीमा बसेर ‘प्रकृतिको लिला अपरम्पार छ’ भन्छौं । आफ्नै कर्मले आफैलाई हानी गर्ने मार्गमा दौडिएको पत्तै पाउँदैनौं । विकासको नाममा विनास गर्दै पृथ्वीको ताप बढाएको चाल पाएकै छैनौं । गर्मी भयो भनेर एसी र पंखा जोड्न खर्च गछौं तर, हरियाली बढाउन मन गर्दैनौं । प्राकृतिक वस्तु जोगाउन भन्दा मास्न उद्धत छौं ।


परिणामतः प्रकृतिमा असर बढ्दो छ । जलवायु परिवर्तनले विश्वभर फरक फरक प्रभाव पारिरहेको छ । आफैले गरेको कर्मको फल अब भोग्न सुरु भएको छ । हिमाल नांगा बन्न थाले । हिउँ र हिमनदी पग्लिएर सकिन लागे । हिमतालमा पानी भरिएर जोखिम उच्च छ । समुद्रमा पानीको सतह बढ्दै छ । वर्षा समयमा हुन छाड्यो । कृषि उत्पादनमा असर उच्च छ । अनि, मानव स्वास्थ्यमा गम्भिर क्षति पुग्दैछ । नयाँ नयाँ रोग फैलँदै छ ।


विश्वका अन्य मुलुकका सरकारको ध्यान जलवायु परिवर्तनको असर न्यूनिकरण तर्फ जाँदा नेपाल भने राजनीति किचलोमा गिजोलिएको छ । प्रकृति मैत्री नीति र योजनामा ध्यान छैन । सत्तामा पुग्नेमा कुर्सी मोह नघट्दा नेपालमा जलवायु परिवर्तनको असर बढ्दै छ । नागरिकलाई यस विषयमा बुझाउने कस्लै ? सरकारलाई सचेत गराउने कस्ले ? प्रश्नका संख्या बढीरहेका छन् । विषय केन्द्रित बहस, समाचार र प्रचार कम छन् । त्यसकै आवश्यकताले बिज रोपिएर हुर्कँदै गएको छ नेचरखबर डट कम । अब यसले प्राकृतिक विपत् रोक्ने विषयमा सरकारलाई अझै झकझक्याउने छ र नागरिकलाई प्रकृति र वातावरणका विषयमा सुसूचित गर्ने छ । यसमा अवश्य प्रकृति प्रेमिको साथ रहने छ भन्ने विश्वास छ ।


डेनिसन युनिभर्सिटीका वातावरणीय अध्ययनका प्राध्यापक लुसी म्याकअलिस्टरको नेतृत्वमा गरिएको एक अध्ययनमा पत्रकारहरूले सबैभन्दा कमजोर र प्रभावित देशहरूमा जलवायु परिवर्तनको मुद्दाको बारेमा अनौठो र गहन तरिकामा रिपोर्टिङ गरिरहेको देखिएको छ । यस अघि स्रोत भएका देशहरूमा पनि समाचार कभरेजमा पत्रकारिता स्रोत र वैज्ञानिक प्रशिक्षणको कमी थियो । तर, पछिल्लो समय यो क्रममा विकास भएको सो अध्ययनले देखाउँछ । तर, नेपालमा यो विषयलाई अझै गम्भिर रूपमा नहेरिएको अवस्थामा प्रकृतिका कुरा पनि हुनुपर्छ भनेर हामी आएका छौं । प्रकृति पुजक जातजाती भएकै मुलुकमा प्रकृतिलाई बचाऔ र यसको पनि कुरा गरौं भनेर उभिएका छौं ।


मिडियाले जलवायु परिवर्तनको अन्तरसम्बन्धित प्रकृतिलाई स्पष्ट रूपमा बताउन आवश्यक छ । यस विषयमा सांख्यिकीय विश्लेषण र समाचार लेखहरूको गुणात्मक सामग्री विश्लेषणको प्रयोग अब जरुरी छ । देशहरूले जलवायु परिवर्तनको सबैभन्दा गम्भीर प्रभावहरू अनुभव गरिरहेका छन् । मिडियाले जलवायु परिवर्तनलाई चित्रण गर्ने तरिकाले सार्वजनिक क्षेत्रमा हाम्रो धारणा, कुराकानी र कार्यहरूलाई आकार दिन्छ । त्यसैले अब प्रकृतिका विषयमा हामी बोल्छौं । प्रकृति रहे जीवन रहन्छ, जीवन रहे हाम्रो कर्म । त्यसैले भन्छौं ‘प्रणाम प्रकृति’ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics