गाईलाई जासुसी गर्न खटाएपछि…

जेरुसेलम – मान्छेले जासुसीका लागि चराहरूको प्रयोग गरेको त धेरै समाचार आइरहन्छन् । तर, इजरायलमा गाईलाई जासुसी बनाएको आरोप सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय सञ्चारमध्यमका अनुसार जासुसी गर्न इजरायले गाईको प्रयोग गरको हो । गाइले प्यालेस्टाइनको ग्रामीण भेगका बासिन्दाहरूका चियो गर्ने काम गर्छ ।

प्यालेस्टाइनी अधिकारीहरूले समर्थन गरेको पत्रिका अल–हायात अल–जादिदाका अनुसार खिर्बेत यानुन गाउँका रश्द मोरार नाम गरेका एक वृद्धले एउटा गाई घुमिरहेको देखे । उनले नै स्थानीय मिडियालाई गाई जासुस हो भनेर भनेका थिए ।

इजरायलले आफू र आफ्ना साथीहरूको जासुसी गर्न गाईलाई भर्ती गरेर तालिम दिइरहेको उनको दाबी छ । हरेक गाईको घाँटीमा तक्मा झुन्डिएको अनि यसमा स्थानीय बासिन्दाहरूको गतिविधि नियाल्न क्यामरा र रेकर्ड गर्ने उपकरण समेत हुने बताइएको छ ।

यस्ता खालको दाबी सन् २०२३ को जनवरीमा पनि आएको थियो । गाजामा इजरायल र हमासबीच युद्ध जारी रहँदा यही हप्तादेखि फेरि यस्तो दाबी आइरहेको छ । यी दाबीहरू सत्य हुन् या होइन भन्ने थाहा हुन सकेको छैन । तर केहीले भने ट्र्याकर झुन्ड्याइएका गाईहरू गाई फारमबाट भागेर गाउँ छिरेको हुन सक्ने बताइरहेका छन् । – एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics