अर्ना आयो चितवन

शुक्रबार बिहान कोशिटप्पु बाट चितवनमा ल्याइएको एक जोडी अर्ना चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टरस्थित पदमपुरमा निर्माण गरिएको ‘इन्क्लोजर’मा राखिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार शुक्रबार वन मन्त्री शंकर भण्डारीको उपस्थितिमा यसलाई औपचारिक रुपमा निकुञ्जभित्र राखिने कार्यक्रम रहेको बताए ।

कोशिटप्पु आरक्षका प्रमुख संरक्षण अधिकृत श्याम शाहले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलाई एकजोडी अर्ना हस्तान्तरण गरेका थिए । बिहिबार साँझ कोशीटप्पुबाट पठाइएको अर्ना शुक्रबार बिहानदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा राखिएको छ ।

विभिन्न संस्थाले अर्नाको स्वागत चितवनमा बाजा बजाएर गरेका थिए । कोशिटप्पु आरक्षका प्रमुख संरक्षण अधिकृत श्याम शाहले भने, “वन्यजन्तुको उचित समय छुट्याएर अर्ना स्थानान्तरण गरिएको छ ।” अर्ना स्थानान्तरणको पहिलो चरणमा माघ २० गते भित्र ७ पोथी र तीन भाले लगिने तयारी भएको छ ।

नेपाल सरकारको २०७१ सालको निर्णय स्वीकृत कार्यक्रम अन्तर्गत अर्ना स्थानन्तरण गरिएको हो । अर्नालाई वन्यजन्तु प्राविधिकले डाट (बेहोस बनाउने सुई) लगाएर पुन खोरमा हालेर एन्टी डार्ट दिएर अर्नालाई पूर्ववत् अवस्थामा ल्याइएको थियो ।

पशु चिकित्सकले सय किलो ग्रामसम्मको अर्नालाई दुई घण्टा लठ्याउन सकिने ओषधि तयार पारिएको थियो । वन्यजन्तु विभाग, चितवन र कोसीटप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, कर्मचारी, स्थानीय उपभोक्ता समितिका पदाधिकारी र सहयोगीसमेत ६० जनाको टोली अघिल्लो दिन बुधबारदेखि नै अर्ना समात्न खटिएको थियो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics