आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं - नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो मधेश र कोशीप्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुट देखि हल्का वर्षा हुने सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics