पाथीभरा क्षेत्रमा रूख कटान गर्न नदिन वन मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं – ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्दा धार्मीक, संस्कृतिक र वातावरणीय असर पर्ने भन्दै तत्काल गर्न लागिएको रूख कटान कार्य रोक्न सरकारसँग माग गरिएको छ ।

केवलकार निर्माण रोक्न माग गर्दै आएका विभिन्न संघर्स समितिका प्रतिनिधिले सोमबार पर्यटन, वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई ज्ञापन पत्र बुझाउँदै यस क्षेत्रमा रूख कटान गर्न नदिन माग गरेका हुन् ।

‘केवलकार निर्माण गर्नका लागि राष्ट्रिय फूल लालिगुराँस लगायत पचासौं हजार मुन्धुमी बोट बिरुवा काट्न नदिन यसअघि ‘वन तथा वातावरण मन्त्रालय’, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय’ र ‘गृह मन्त्रालय’मा ज्ञापन पत्र बुझाइ सकिएको स्मरण गराउन चाहन्छौं,’ वन मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘यस क्षेत्रमा केवलकार निर्माण गर्नु आइएलओ, युएनडिप जस्ता अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानको धारा ३२ (३) अनुसार सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण विरुद्धको कार्य हो ।’

उनीहरूले यदी रुख कटान गर्न फेरि राज्यले अनुमति दिएमा र व्यापारी कम्पनीहरूको रूख कटान गर्ने, पर्यावरण, पुरातात्विक, सांस्कृतिक सम्पदा तथा जैविक विविधता सर्वनास गर्ने काम कारबाही गरेमा त्यसको प्रतिरोध गर्दा अप्रिय घट्ना घट्न सक्ने चेतावनी पनि दिएका छन् ।
यस्तो छ ज्ञापन पत्र :

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics