पाँचथरका उच्च हिमाली क्षेत्रमा बल्ल पर्‍यो हिउँ

फाइल फोटो ।

पाँचथर – पाँचथरमा यसवर्ष चैतमा मात्रै हिउँ परेको छ । बुधबार विहानबाट जिल्लाका विभिन्न स्थानमा हिमपात सुरु भएको हो । यस अघि हिउँद सुरु भएसँगै पाँचथरका उच्च क्षेत्रमा हिउँ पर्ने गरेको थियो ।

फालेलुङको चारराते, सुर्केथाम, फालौट, इलाम र पाँचथरको सिमावर्ती सन्दकपुर तथा याङवरकको चिवा भञ्ज्याङसहित ताप्लेजुङका उच्च पहाडी र हिमाली भेगसम्म हिउँ परिरहेको स्थानीयले बताएका छन् ।

फालेलुङमा यो वर्ष हिउँदमा पनि हिउ पर्न सकेको थिएन । चैत लाग्नासाथ हिउँ परेपछि स्थानीय र पशुपालक खुसी भएको चाररातेका डिल्ली केरुङले जनकारी दिएका छन् । यो स्थानमा बुधबार बिहान करिब ७ बजेदेखि हिँउ पर्न थालेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics