कोशीका जिल्लामा हल्का वर्षा, डढेलो नियन्त्रणमा मिल्यो राहत

काठमाडौं – मंगलबार रातीबाट भएको हल्का वर्षाका कारण कोशी प्रदेशका विभिन्न जंगलमा लागेको डढेलो नियन्त्रणमा राहत मिलेको छ ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम र भोजपुर लगायतका जिल्लामा पछिल्लो साता दैनिक डढेलो लागिरहेको छ । पानी परेसँगै अधिकांश स्थानमा डढेलो निभ्न थालेको स्थानीय बताउँछन् । पाँचथर र ताप्लेजुङका उच्च क्षेत्रमा हिमपात नै भएको छ ।

पूर्वी पहाड, मधेश र बागमती प्रदेशमा लागेको डढेलो मंगलबार राति र बुधबार बिहान परेको पानीले निभ्न थालेको छ । चैत ६ मा मात्रै देशभरि ३९ ठाउँमा आगलागी हुँदा १४ वटा वनमा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ । मंगलबार आगलागीबाट एक जनाको मृत्यु समेत भएको थियो ।

प्राधिकरणका अनुसार यो वर्ष वैशाखदेखि ६ चैत मंगलबारसम्म ३ सय २१ ठाउँमा वन डढेलो लागेको थियो । जसबाट पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् । जसमध्ये अधिकांश चैत लागेपछिका घटना हुन् ।

प्राधिकरणका अनुसार यो वर्ष ४३ घरपरिवार डढेलोबाट प्रत्यक्ष प्रभावित भएका छन् । डढेलोबाट मात्रै ५७ लाख २५ हजार रुपैयाँ बराबर क्षति भएको अनुमान गृह मन्त्रालयले गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics