यो साता धनकुटामा बढी वर्षा, धनुषामा ३४.७ डिग्री अधिकतम तापक्रम

काठमाडौं – पछिल्लो एक सातामा सबैभन्दा बढी कोशी प्रदेशको धनकुटामा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो साता गणना गरिएको नेपाल भरको वर्षाको तथ्यांकमा धनुकटाको पाख्रीवासमा सबैभन्दा बढी वर्षा मापन गरिएको हो । यहाँ ५९.४ मिलिमीटर वर्षाभएको विभागले जनाएको छ ।

यस्तै यो समय तराइका अधिकांश स्थानमा ३० डिग्री सेल्सियस भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर केन्द्रमा सबैभन्दा बढी ३४.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ ।

यसै साता हिमाली क्षेत्रका एक–दुई स्थानहरुमा शुन्य डिग्री सेल्सियस भन्दा कम न्यूनतम तापक्रम मापन भएको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा केन्द्रमा सबैभन्दा कम –१.८ डिग्री सेल्सिय न्यूनतम तापक्रम मापन भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics