ताप्लेजुङको फक्ताङ्लुङमा ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

ताप्लेजुङ – ग्लोबल आईएमई बैंकले आफ्ना सेवाग्राहीका लागि दिइने वित्तीय साक्षरता कार्यक्रमलाई तिब्रता दिएको छ । यसैबिच ‘ग्लोबल मनि बुक २०२४’ का सन्दर्भमा बैंकको ताप्लेजुङ स्थित फक्ताङ्लुङ शाखाले वित्तीय साक्षरतासहितका कार्यक्रम आयोजना गरेको छ ।

फक्ताङ्लुङ –५ तापेथोक स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत बाल शिक्षा, कक्षा १, २ र ३ का ८० जना बिद्यार्थीलाई खुत्रुक्के हस्तान्तरण गर्दै बचत गर्नुपर्छ भन्ने कुरा पनि सिकाइएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक फक्ताङ्लुङका शाखा प्रबन्धक सन्तोष न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ती) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन बैकका कर्मचारी दिवस माबोले गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics